एमसीसी फिर्ता लिन नेपाल र अमेरिकी सरकारलाई बामदेव गौतमको आग्रह

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले एमसीसी परियोजना फिर्ता लिन नेपाल र अमेरिकी सरकारलाई आग्रह गरेका छन्।

एमसीसी परियोजनालाई लिएर नेपाली जनमत विभाजित भएको र तत्काल यो संसदबाट अनुमोदन हुन नसक्ने भन्दै उनले परियोजना फिर्ता लिन माग गरेका हुन्।

विज्ञप्तिमार्फत गौतमले नेपालको संसद र सरकार विशिष्ठ अवस्थाको रहेको भन्दै यो सरकार र संसदबाट एमसीसी अनुमोदन हुन नसक्ने उल्लेख गरेका छन्।

एमालेका उपाध्यक्ष गौतम पार्टी विभाजनपछि राजीनामा दिएर बसेका छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

नीति तथा कार्यक्रम र १६ औं पञ्चवर्षीय योजना मन्त्रिपरिषदबाट पारित

काठमाडौं । मन्त्रिपरिषदको बैठकले सरकारका नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको …

प्रतिकृया दिनुहॊस