प्रदिप नेपाल

विश्वभर मंकीपक्स संक्रमितको संख्या ७० हजार बढी

विश्वव्यापी रुपमा मंकीपक्स संक्रमणको संख्या ७० हजारभन्दा बढी नाघेको डब्लूएचओले जानकारी दिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले गत साता धेरै देशहरूमा संक्रमणको संख्या बढ्दै गएको पनि जनाएको छ। डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले ७० हजारभन्दा बढी संक्रमणका घटना संयुक्त राष्ट्र अन्तर्गतको स्वास्थ्य एजेन्सीमा रिपोर्ट गरिएको छ। अहिलेसम्म मंकीपक्सबाट २६ जनाको मृत्यु भएको छ ।एजेन्सी

पुरा पढ्नुहॊस »

केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनको सुरक्षाबारे छलफल

केन्द्रीय सुरक्षा समिति बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा अवस्थाबारे छलफल भएको छ। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बुधबार गृह मन्त्रालयमा बसेको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित तरिकाले शान्तिपूर्णरूपमा सम्पन्न गर्न कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो। त्यस्तै बैठकमा निर्वाचनका चुनौतीबारे सुरक्षा निकायका प्रमुखले अन्य सदस्यलाई जानकारी गराउनुभएको थियो। ती चुनौतीलाई समाधान गर्दै अगाडि बढ्ने रणनीति पहिल्याउन पनि सुरक्षा निकायका …

पुरा पढ्नुहॊस »

अर्थमन्त्री शर्मासँग अमेरिकी सहयोग नियोग प्रमुखकाे भेटघाट

विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आउनुभएका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमख प्रशासक समान्ता पावरबीच भेटघाट भएको छ। युएसएआडीको मुख्यालय वाशिङ्गटन डिसीमा भएको भेटघाटमा द्विपक्षीय हित र सहयोगका लागि मजबुद आधारशीला तय गर्ने विषयमा छलफल भएको थियो। भेटघाटमा अर्थमन्त्री शर्माले नेपालको आर्थिक, सामाजिक विकासमा अमेरिकाले पुर्याएको सहयोगबारे प्रशंसा गर्नुभएको थियो। साथै अर्थमन्त्री शर्माले उक्त अवसरमा आगामी दिनमा नेपालको …

पुरा पढ्नुहॊस »

निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेद्वारकाे अन्तिम नामावली

निर्वाचन आयोगले आगामी मंसिर ४ गतेका लागि तय गरिएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा दर्ता भएका उम्मेद्वारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ। गत आइतबार देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न दल र स्वतन्त्र उम्मेद्वारहरूले मनोनयन दर्ता गराएका थिए। निर्वाचनका लागि दर्ता भएका उम्मेद्वारमध्ये बुधबार प्रतिनिधिसभातर्फ ११९ र प्रदेशसभातर्फ २५७ उम्मेद्वारी फिर्ता लिएपछि कायम भएको प्रारम्भिक विवरणअनुसार प्रतिनिधिसभातर्फ जम्मा २ हजार ४१२ जनाले उम्मेद्वारी दिएका छन् भने प्रदेशसभातर्फ जम्मा ३ हजार २२४ …

पुरा पढ्नुहॊस »

प्रचण्डले निर्वाचन आचारसंहिता उल्लंघन गरेकाे भन्दै आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्पष्टीकरण सोधेको छ। उम्मेदवारी दर्ताका क्रममा तामझाम गरेको र बाजागाजा बजाएको भन्दै आयोगले दाहाललाई स्पष्टीकरण सोधेको हो। सामान्य तरिकाले तोकिएको संख्यामा मात्रै मनोनयनपत्र दर्ता गर्न जानुपर्नेमा तामझाम गरेको र बाजागाजा र तामझामसहित मनोनयनपत्र दर्ता गराउन गएको भन्ने सूचना सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट थाहा पाएको जनाउँदै निर्वाचन आयोगले यो विषय सत्य हो कि होइन, हो भने तपाईंलाई किन कारबाही नगर्ने भनी स्पष्टीकरण …

पुरा पढ्नुहॊस »

नेपाल र ईटालीबीच व्यापार संस्कृति र पर्यटन प्रवर्द्धन गरिने

नेपाल र ईटाली उद्योग बाणिज्य संघ (एनआईसीसीआई) बीच असोज २४ गते द्विपक्षीय बैठक सम्पन्न भएको छ । बैठकमा नेपालमा व्यापार विकास र यसमा लगानीबारे छलफल भएको थियो। एनआईसीसीआईका उपाध्यक्ष सञ्जय अग्रवालले नेतृत्व गर्नुभएको उक्त बैठकमा नेपाल, भारतका लागि ईटालीका राजदूत भिन्सेन्जो डे लुका, ईटालीको लागि कोलकाताका महावाणिज्य दूत जियानलुका रुबागोटी, ईटालीको लागि दिल्लीका महावाणिज्य दूत र ईटालीका लागि नेपालका महावाणिज्य दूत श्रीमती प्रतिमा राणा पाण्डेको उपस्थिति रहेको थियो। एनआईसीसीआईका मानार्थ …

पुरा पढ्नुहॊस »

काठमाडौंमा २ दिने ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ आयोजना हुँदै 

काठमाडौंमा कार्तिक १८ र १९ गते ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुने भएको छ। काठमाडौंमा आयोजना हुने फेस्टमा १०० भन्दा बढि स्टार्टअप तथा इन्नोभेसनहरुको सहभागिता रहनेछ । लिभिङ विथ आइसिटीले यसअघि सातै प्रदेशमा फेस्टको आयोजना गर्दै काठमाडौं बाहिरबाट ४० बढि स्टार्टअप तथा आइडियाहरुलाई छनौट गरिसकेको छ। काठमाडाैंमा आयोजना हुने स्र्टाअप फेस्ट यस वर्षको आठाैं कार्यक्रम हो, जसमा काठमाडौं बाहिरका ४० बढि स्टार्टअप र आइसिटी अवार्ड २०२२ को प्रतिस्प्रधाबाट छनौट …

पुरा पढ्नुहॊस »

काभ्रे-२ मा उम्मेदवारी दिएका चलचित्र निर्माता पण्डितले पाए ‘डोजर’ चिन्ह

चलचित्र निर्माता मनोज पण्डितलाई डोजर चुनाव चिन्ह मिलेको छ। काभ्रेपलाञ्चोक २ मा गोकुल बास्कोटाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका पण्डितले डोजर चुनाव चिन्ह पाएका हुन्। काठमाडौंमा बालेन्द्र शाहले डोजर चलाइरहेका बेला आफूले यही चुनाव चिन्ह पाएको भन्दै पण्डितले खुसी व्यक्त गरेका छन्। ‘सांसद भएपछि मैले देशको सीमा अतिक्रमण भएका ठाउँमा बुलडोजर चलाउने हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

पुरा पढ्नुहॊस »

कैलाली ५ मा कांग्रेसका बागी ओझालाई ‘माछा’ र भण्डारीलाई ‘केरा’ चिन्ह

नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिएका पुष्करथान ओझाले ‘माछा’ चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले बुधबार ओझालाई माछा चुनाव चिन्ह दिएको हो । कैलाली ५ का सत्ता गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्थ उम्मेदवार छन्। यस्तै प्रदेशसभा (ख) मा कांग्रेस उम्मेदवार प्रकाश देउवाविरुद्ध बागी उम्मेदवारी दिएका क्षितिज भण्डारीले ‘केरा’ चुनाव चिन्ह पाएका छन् । उनी कांग्रेस महाधिवेशन प्रतिनिधि हुन् ।

पुरा पढ्नुहॊस »

बारामा एकै परिवारका तीन जनाको हत्या

बाराको प्रसौनीमा एकै परिवारका तीन जनाको हत्या गरि फालेको अवस्थामा शव फेला परेको छ। प्रसौनी गाउँपालिका ५ प्रस्टोकास्थित खोला किनारमा आमा र दुई छोराछोरीको शव फेला परेको हो। प्रस्टोका गाउँदेखि करिब दुई किलोमिटर टाढा रहेको ढोरा खोलामा स्थानीय दीपेन्द्र चौधरीकी २५ वर्षीया श्रीमती सुजाता, तीन वर्षीया छोरी ताहिरा र १६ महिनाको छोरा राजविरको हत्या गरी फालेको अवस्थामा शव भेटिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए। प्रहरी उपरीक्षक बोगटीका अनुसार …

पुरा पढ्नुहॊस »