हामी नागरिक शासनमा छौँ कि सैनिक शासनमा ? : भीम रावल

एमाले सांसद् भीम रावलले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिकी भ्रमणलाई लिएर देशको शासकीय व्यवस्थाबारे प्रश्न उठाएका छन्।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा उनले असारमा प्रधानसेनापतिलगत्तै प्रधानमन्त्रीको अमेरिका भ्रमण हुन लागेको भन्दै शासकीय व्यवस्थाबारे प्रश्न उब्जाएका हुन्।

१२ असारमा प्रधानसेनापति प्रभुराम शर्मा र २८ असारमा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण हुन लागेको विषयमा छलफल गर्न परराष्ट्र र प्रधानमन्त्रीलाई बोलाउनु पर्ने भन्दै रावलले भने, ‘नेपालको कुटनीति सेनाको हातमा गइसक्यो। प्रधानमन्त्री अमेरिकी भ्रमणमा जाने रे सम्पूर्ण जिम्मा नेपाली सेनालाई दिएको रे। हामी नागरिक शासनमा छौँ कि सैनिक शासनमा छौं ?’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री