झापा र नवलपरासी (पूर्व)मा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु

झापा र नवलपरासी (पूर्व)मा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। झापाको गौरादह नगरपालिका–१ सितापुरी चोकमा मे.१ त ७४३१ नम्बरको ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने रामप्रसाद अधिकारीको ९ वर्षीय छोरा गौरव अधिकारी रहेका छन्। उनको सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको दमक अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नवलपरासी(पूर्व)को देवचुली नगरपालिका–११ पृथ्वीनगर चोकमा लु.१७ प ५३६१ नम्बरको मोटरसाइकल र लु.४ त ४५१६ नम्बरको ट्रयाक्टर सोमबार राति ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक देवचुली नगरपालिका–४ बस्ने ३२ वर्षीय राजकुमार थापा रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका एक जनाको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस