कर्णालीमा इन्धनको अभाव, पेट्रोल पम्पहरुमा उपभाेक्ताकाे भीड

कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको अभाव भएको छ। कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा पेट्रोलियम पदार्थको अभाव हुँदा उपभोक्ता मारमा परेका छन्। हातहातमा क्यानी, बोत्तल लिएर पेट्रोल पम्पमा जानेको भिड बढेको छ।

भारतीय भन्सारमा विद्युतिय सिस्टम परिवर्तन गरेकाले इन्धन बोकेका नेपाल आउने ट्याङ्करहरु नाकामै रोकिँदा तेल अभाव भएको नेपाल आयल निगमले जनाएको छ।

सोमबार वीरेन्द्रनगरका पेट्रोल पम्पहरुमा तेल झर्न थालेपछि तेल हाल्न सवारी साधनको भिड लागेको छ। प्रहरीले सोमवार दिउँसोबाट भिड नियन्त्रण हम्मे/हम्मे परेको छ। तेल हाल्नेको भिडका कारण सुर्खेत नेपालगंज सडक खण्डको खजुरामा केही समय सडक अवरुद्ध भएको थियो। मंगलबारदेखि पेट्रोलको हाहाकार कम हुने नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालयले जनाएको छ।

हाहाकार भएको ३ दिनपछि सोमबार वीरेन्द्रनगरका ५ वटा पम्पमा ४ हजार लिटरको पेट्रोल झरेको हो । दिपमाला, बुलबुले, नारायण, गंगामाला र शंकर पेट्रोल पम्पमा पेट्रोल झरेको थियो । भारतीय भन्सारमा विद्युतिय सिस्टम परिवर्तन गरेकाले कोर्डमा समस्या आउँदा नेपाल आउने इन्धन बोकेका गाडी नाकामै रोकिँदा तेल अभाव भएको नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख राजकुमार केसीले बताए ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस