राप्रपाको बैठक असार ७ देखि ९ गतेसम्म हुने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको बैठक आगामी असार ७ देखि ९ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

बैठकमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल हुने प्रचार विभागका सदस्य सचिव सुन्दर पाण्डेले जानकारी दिए।

देशैभरबाट सहभागी हुने नेताले सम्बन्धित जिल्लामा पार्टीले सञ्चालन गरेका राजनीतिक तथा सामाजिक कार्यबारे बैठकमा रिपोटिङ गर्नेछन् । सातै प्रदेशमा सङ्गठनको अवस्था, कार्ययोजनाबारे प्रदेश प्रमुखले जानकारी गराउनुका साथै आगामी प्रदेश र सङ्घीय निर्वाचनमा जनवर्गीय सङ्गठन परिचालन गरि पार्टीलाई धेरै स्थानमा विजयी बनाउन आवश्यक रणनीति बैठकमा तयार पारिने छ। पार्टीले विभिन्न विभागमा प्रमुख नियुक्त गरी जिम्मेवारी दिएको छ भने केहीमा प्रमुख तोक्ने कार्य जारी छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा सुहाङले पछि पारे डम्बर, कसको मत कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् …

प्रतिकृया दिनुहॊस