गठबन्धन कुनै परियोजना पास गर्न बनेको होइन : प्रचण्ड

काठमाडौँ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन संविधानको रक्षाका लागि बनेको बताएका छन् । पार्टीले केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘जनयुद्ध दिवस’ कार्यक्रममा प्रचण्डले संविधानको रक्षा, लोकतन्त्र र राष्ट्रियताका लागि गठबन्धन बनेको बताएका हुन् ।

गठबन्धन अमेरिकी आर्थिक सहायता मिलिनियम् च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झौता पास गर्न नबनेको उनको भनाई छ । ‘गठबन्धन सुदृढ वा कमजोर बन्ने कुरालाई त्यही मान्यता अनुरूप अघि बढाउनुपर्छ । संविधान, लोकतन्त्र राष्ट्रियताको रक्षाका लागि गठबन्धन गरिएको हो । कुनै परियोजनासँग होइन ।’ अध्यक्ष प्रचण्डले भने ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्न खोजिएको बताउँदै उनले कुनै देश विशेषसँग गरिएको सम्झौताको आधारमा गठबन्धन नगरिएको स्पष्ट पारे । अहिलेको अवस्थामा सरकारलाई गिराउने र स्थानीय तहको निर्वाचनलाई बिथोल्न अनेक प्रकारको शक्ति लागि परिरहेको पनि उनले बताए ।

उनले सरकार ढलाउन र चुनाव बिथोल्न विभिन्न प्रपञ्च भइरहेको पनि बताए । ‘यो सरकार गिराउन, चुनावलाई बिथोल्नका निम्ति अनेक खालका प्रपञ्च भइराखेका छन्’ उनले भने । मधेश प्रदेशमा पनि जनयुद्ध दिवस मनाउने कार्यक्रमका लागि प्रचण्ड आज जनकपुर जाने कार्यक्रम छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य