बाँकेमा कोरोना संक्रमणका कारण २३ वर्षीय युवक मृत्यु

काठमाडाैँ  । बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको खजुरा गाउँपालिका–२ बाँकेका २३ वर्षीय पुरुषको आइतबार बिहान पाँच बजे भेरी अस्पतालमा मृत्यु भएको हो ।

बाँकेका जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेजबहादुर वलीका अनुसार ती युवक गत २७ माघमा संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएका थिए । मृतक युवकले भेरोसेलको दुवै मात्राको खोप लगाएका थिए ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५१ पुगेको छ । बाँकेमा अन्य जिल्लाबाट आएका व्यक्तिको मृत्यु हुने संख्या ४४५ पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस