काठमाडौं । पार्टीको ‘अन्य राजनीतिक दल संवाद समिति’ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले दुई जना केन्द्रीय सदस्यलाई मनोनयन गरेका छन् । आइतबार जारी प्रेस विज्ञप्तिअनुसार पार्टीका केन्द्रीय सदस्य अर्जुननरसिंह के.सी.को संयोजकत्वमा रहेको उक्त समितिमा केन्द्रीय सदस्यद्वय उज्ज्वलप्रसाद बराल र प्रदीपराज शर्मालाई सदस्यका रूपमा मनोनयन गरिएको हो ।
तपाईंको प्रतिकृया



