एक दर्जन राष्ट्रद्वारा आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न आग्रह

एजेन्सी । पश्चिमा शक्तिहरूले रुसले युक्रेनमाथि कुनै पनि बेला आक्रमण गर्न सक्ने चेतावनी दिएपछि थुप्रै देशहरूले आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह गरेका छन् । अमेरिका, बेलायत, जर्मनी, बुल्गेरिया, पोर्चुगल, अष्ट्रेलिया, न्यूजिल्याण्ड, इटली, द नेदरल्याण्ड, इजरायल, जापानलगायत देशले आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह गरेका हुन् ।

ह्वाइट हाउसले कुनै पनि बेला आक्रमण हुन सक्ने र त्यो हवाइ बमबारीबाट सुरु हुन सक्ने चेतावनी दिएको छ । रुसले भने यस्ता आरोपहरूलाई ‘उत्तेजक परिकल्पना’ भनी टिप्प्णी गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो कदमप्रति आपत्ति जनाएका छन् । आक्रमणको चेतावनीले आतंक फैलाउन सक्ने उनको भनाइ छ ।

जेलेन्स्कीले यदि पश्चिमा शक्तिहरूसँग आसन्न आक्रमणको कुनै ठोस योजना भए, त्यो आफूले देख्न बाँकी रहेको पनि बताए । उनले जोखिम छ भन्ने कुरा आफूहरूले पनि बुझेको भन्दै रुसी आक्रमणको सय प्रतिशत भरपर्दो जानकारी भए उपलब्ध गराउन पनि आग्रह गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आइएमई मार्फत रकम पठाएका भाग्यशाली सेवाग्राही प्रमीलाले जितिन् १ करोड

काठमाडौँ । विदेशमा कमाएको रकम आइएमई गरेकी भाग्यशाली सेवाग्राही प्रमीला रोकायाले १ करोड रुपैयाँ नगद जितेकी छन् । जापानको क्योदाइबाट रोकायाले आइएमइ मार्फत रकम पठाएकी थिइन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा आइएमई ब्राण्ड एम्बेसडर दीपाश्री निरौलाले सार्वजनिक रूपमा लक्की ड्र मार्फत भाग्यशाली सेवाग्राहीको नम्बर छनोट गरेकी हुन् ।

प्रतिकृया दिनुहॊस