सरकार अधिनायकवादी बन्यो : राणा

भक्तपुर । राप्रपा प्रजातान्त्रिक पार्टीका केन्द्रिय अध्यक्ष पशुपति शमशेर जबराले दुई तिहाई बहुमतको दम्भमा सरकार अधिनायकवादी बनेको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै राणाले संसदमा गृहमन्त्रीले डा. गोबिन्द के.सी.प्रति दिएको अभिब्यक्तिले सरकारको अधिनायकबादी चरित्र प्रष्टिएको बताए ।

उनले जनताको पक्षमा लडिरहेको के.सी. अधिनाकबादी हुने र जनताको बिरोध गर्न पाउने मौलिक अधिकारलाई कुण्ठित गर्ने सरकार लोकतन्त्रबादी हुने भन्दै ब्यंङ्ग गरे ।

वर्तमान सरकारका प्रमुख केपी शर्मा ओलीले सम्पति सुद्धिकरण आयोग, राजश्व अनुसन्धान आयोग र राष्ट्रिय अनुसन्धान आयोगलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याउन खोज्नु शक्ति केन्दि«करण गर्ने अधिनायकवादि प्रबृतिको संकेत भएको उनले बताए ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री सोमबार चीन जाने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ …

प्रतिकृया दिनुहॊस