कसले पाउला गोल्डेन बुट ?

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ को उपाधिलाई लिएर जति चासो छ । गोल्डेन बुटबारे पनि उत्तिकै उत्सुकता बढेको छ । विश्वकपमा सर्वाधिक गोल गर्दै गोल्डेन बुटको दौडमा थुप्रै खेलाडी सहभागी भएका छन् ।

हालसम्म गोल्डेन बुटको दौडमा इंग्ल्याण्डका कप्तान ह्यारी केन अगाडि देखिएका छन् । उनले हालसम्म ६ गोल गरी अग्रस्थानमा रहेका छन् ।

गोल्डेन बुटको दौडमा उनलाई बेल्जियमका रोमेलु लुकाकुले पछ्याइरहेका छन् । उनको गोल संख्या ४ छ ।

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पनि ४ गोल नै गरेका छन् । पोर्चुगल प्रतियोगिताबाट बाहिरिसकेकाले उनको कुनै चुनौती छैन ।

त्यस्तै ३ गोल गरेका उरुग्वेका एडिन्सन काभानी, रुसका डेनिस चेरिसेभ र आर्टेम डिजुबा, फ्रान्सका किलियन एमबाप्पेको पनि सम्भावना अझै सकिएको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री