काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन गरेको छ । मध्य भोटेकोशी जलविद्युत कम्पनीले १ करोड ४४ लाख कित्ता आइपीओ निष्काशन गर्नका लागि बोर्डसँग अनुमति मागेको हो ।
कम्पनीले सञ्चयकोषका सञ्चयकर्ता, ऋण प्रदायक कम्पनीका कर्मचारी र संस्थापक शेयर धारण गर्ने कम्पनीका कर्मचारीलाई आईपीओ जारी गर्न असार १७ गते बोर्डमा निवेदन दिएको हो ।
पहिलो चरणमा कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, ऋण प्रदायक कम्पनीका कर्मचारी र संस्थापक शेयर धारण गर्ने कम्पनीका कर्मचारीलाई गरी १ करोड ४४ लाख कित्ता आइपीओ निष्काशन गर्न कम्पनीले वोर्डमा निवेदन दिएको छ ।
यसपछि मध्य भोटेकोशीले दोस्रो चरणमा स्थानीय बासिन्दाका लागि जारी पूँजीको १० प्रतिशतले हुने ६० लाख कित्ता शेयर बिक्री गर्नेछ । यसैगरी, तेस्रो चरणमा सर्वसाधारण र कर्मचारीका लागि जारी पूँजीको १५ प्रतिशतले हुने ९० लाख कित्ता शेयरहरु निष्काशन हुने कम्पनीले जनाएको छ ।
मध्य भोटेकोशीले पहिलो चरणको आइपीओ बिक्री गर्न ६ वटा मर्चेन्ट बैंकहरुलाई बिक्री प्रबन्धक तोकेको छ । एनआइबीएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सीबीआइएल क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछन् ।
मध्य भोटेकोशीको सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको जलविद्युत आयोजना निर्माणाधीन छ ।



