भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ३५ हजार ४९९ जना नयाँ सङ्क्रमित थपिएका छन ।
अघिल्ला दिनहरुको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा क्रमशः कम हुँदा आएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा अहिलेसम्म कूल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड १९ लाख ६९ हजार ९५४ पुगेको छ ।
भारतमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा ४४७ जनाको मृत्यु भएको छ भने मृतकहरुको सङ्ख्या चार लाख दुई हजार १८८ पुगेको छ।
तपाईंको प्रतिकृया



