एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफरसम्झौतासँगै, एभरेष्ट बैंक लिमिटेड ले आफ्नो मोबाइल बैंकिङ एप मार्फत नेपाल र भारतबीच ‘रियल–टाइम क्रस–बोर्डर रेमिट्यान्स सेवा’ लाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । यस नवीन डिजिटल सेवासँगै अब दुवै देशका नागरिकहरूले अत्यन्तै छिटो, सरल र सुरक्षित रूपमा तत्काल रकम आदानप्रदान गर्न सक्नेछन् ।

नयाँ व्यवस्थापन अनुरूप यस सेवामार्फत रकम स्थानान्तरणका लागि निश्चित सीमाहरू निर्धारण गरिएका छन् । जसअन्तर्गत, नेपालमा कार्यरत भारतीय नागरिकहरूले दैनिक अधिकतम भारु १५,००० र मासिक अधिकतम भारु १,००,००० सम्म सहजै भारत पठाउन सक्नेछन् । त्यसैगरी, भारतमा कार्यरत नेपाली तथा भारतीय नागरिकहरूले भने कुनै पनि मासिक सीमा बिना नै दैनिक अधिकतम भारु २,००,००० सम्म नेपालमा विप्रेषण पठाउन सक्नेछन् । नयाँ प्रणाली अन्तर्गत दुवै देशका ग्राहकहरूले प्राप्तकर्ताको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस को प्रयोग गरी सजिलै रकम पठाउन सक्नेछन् । साथै, भारतका प्रयोगकर्ताहरूले आफ्नो युनिफाइड पेमेन्ट्स इन्टरफआईडीमार्फत सीधै रकम प्राप्त गर्न सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

1

अर्थतन्त्रमा अपेक्षित आत्मविश्वास फर्किन सकेको छैन,अहिलेको आवश्यकता भनेको यही शिथिलतालाई झक्झकाएर आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री