कोरोना अपडेटः ४४० जनामा संक्रमण पुष्टि, ४७४ जना संक्रमण मुक्त

काठमाडौं  ।पछिल्लो २४ घण्टामा ४७४ जना कोरोना संक्रमण मुक्त भएका छन्।

त्यस्तै ४४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४०७ जनाको पीसीआर परीक्षण गर्दा ३८७ जना र १ हजार ४०७ जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जना गरी ४४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ।

यससँगै कूल मृतकको संख्या ११ हजार ४६० पुगेको छ।

कूल निको हुनेको संख्या ७ लाख ९६ हजार ७८० पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख १५ हजार ७५९ र एन्टीजेनबाट ९४ हजार ९७९ पुगेको छ।

नेपालमा हाल ७ हजार ५१९ जना सक्रिय संक्रमित रहेका छन्।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

पर्यटन बोर्ड सीईओ छनोट कार्य रोक्ने अन्तरिम आदेशलाई दियो उच्च अदालतले निरन्तरता

काठमाडौँ । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटसम्बन्धी कुनै पनि …

प्रतिकृया दिनुहॊस