भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न

 काठमाडौं । भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा जेठ २७ गते  काठमाडौं महानगरपालिका–१०, बालुवाटारस्थितआम्रपाली ब्याङ्वेट क्याटरिङ एण्ड इभेन्टमा सफलतापूर्वक सम्पन्न भएको छ ।

उक्त साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट माधव राज आचार्य, डा. हिमाल भट्टराई,  राजेश्वर दुवाल,  टंक प्रसाद सुवेदी तथा  सन्तोष श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी सर्वसाधारण शेयरधनीको तर्फबाट जेलिना श्रेष्ठ निर्वाचित  भएकी छन् भने साधारण सभाले स्वतन्त्र संचालकमा  रीता   गौतमलाई मनोनयन गरेको छ ।

साधारण सभामा कम्पनीको वार्षिक प्रतिवेदन, आर्थिक विवरण, भावी योजना तथा विभिन्न प्रस्तावहरूमाथि छलफल गरी पारित गरिएको थियो । कार्यक्रममा शेयरधनीहरुबीच कम्पनीको भावी रणनीति तथा विकासका विषयमा सकारात्मक अन्तरक्रिया समेत भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री