सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकायर्मा “भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२” सम्पन्न

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा यही २०८३ जेठ २४ गते कुपण्डोलस्थित होटल हिमालयमा “भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२” प्रदान गरियो । सो सम्मान गायनतर्फ बरिष्ठ गायिका मीरा राणा र संगीततर्फ बरिष्ठ संगीतकार सि के रसाईलीलाई जनही नगद पुरस्कार रु १००,००१ सहित प्रदान गरिएको छ ।

नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी गायिका राणाले आफू क्यानसर सर्भाइभर भएको भन्दै क्यानसर समाजका लागि उक्त पुरस्कार रकम हस्तानतरण गरेकी छिन् । उनकै पहलमा क्यानसर रोग लागेका कलाकारलाई सहयोग गर्न भन्दै हालै मात्रै क्यानसर समाज स्थापना गरिएको राणाले बताइन् । कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ बरिष्ठ संगीतकार गितारवादक दिपक थापा र अभिनेता पवन मैनालीलाई प्रदान गरिएको छ ।

५० हजार रुपैयाँ राशिको यो सम्मान सांगीतिक क्षेत्रमा कृयाशिल स्वास्थ्योपचार गराइरहेका संगीतकर्र्मीलाई प्रदान गर्दै आएको छ। भक्तराज आचार्य संगीत प्रतिष्ठानकी अध्यक्ष श्रीमती सुशिला आचार्य र सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक चन्द्र टण्डनले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका थिए । भक्तराज आचार्य संगीत प्रतिष्ठानले संगीत र कलाको क्षेत्रमा महत्तवपुर्ण योगदान पु¥याउदै आएको छ र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिदैं आएको छ ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १९ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप