काठमाडौं । डिजिटल बैंकिङ्लाई प्रवर्द्धन गर्ने उद्देश्यले नक्साल तरकारी बजारमा क्युआर कोडबाट भुक्तानीको शुरुवात गरेको छ ।
नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा आज शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सो सेवाको शुरुवात गरेका हुन् ।
एफवान सफ्ट इन्टरनेसनलको फोनपे मार्फत् उपभोक्ताहरुले बिल भुक्तानी गर्न सक्ने छन्। उक्त बजारमा उपभोक्ताहरुका लागि भायनेटले बजारमा नि:शुल्क वाइफाइ सेवा उपलब्ध गराएको छ।
बजारका अधिकांश पसलहरुमा फोनपेको क्युआर कोड झुन्ड्याइएको छ। जसलाई स्क्यान गरी उपभोक्ताहरुले तरकारी वा फलफूलको बिल क्युआर कोडमार्फत् भुक्तानी गर्न सकिनेछ।
प्रतिकृया दिनुहॊस