सर्वोच्च अदालतले सरकारसँग माग्यो संसद विघटन गर्नुको कारण

काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटन  गर्ने  सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर  राणाकसहित ५ न्यायाधीशको पूर्ण इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग गर्ने आदेश दिएको हो ।

आवश्यक कागजात ५ दिनभित्र अदालतमा पेश गर्न माग अधिवक्ताहरुले गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते हठात रुपमा संसद विघटनको निर्णय गरे लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेकी थिइन् । संसद भंग भए लगत्तै सर्वोच्च अदालतमा त्यसका विरुद्ध १३ वटा रिट परेका हुन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस