नक्साल तरकारी बजारमा क्यूआर कोडमार्फत् भुक्तानी सेवा सुरु

काठमाडौं ।  डिजिटल बैंकिङ्लाई प्रवर्द्धन गर्ने उद्देश्यले नक्साल तरकारी बजारमा क्युआर कोडबाट भुक्तानीको शुरुवात गरेको छ ।

नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा आज  शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सो सेवाको शुरुवात गरेका हुन् ।

एफवान सफ्ट इन्टरनेसनलको फोनपे मार्फत् उपभोक्ताहरुले बिल भुक्तानी गर्न सक्ने छन्। उक्त बजारमा उपभोक्ताहरुका लागि भायनेटले बजारमा नि:शुल्क वाइफाइ सेवा उपलब्ध गराएको छ।

बजारका अधिकांश पसलहरुमा फोनपेको क्युआर कोड झुन्ड्याइएको छ। जसलाई स्क्यान गरी उपभोक्ताहरुले तरकारी वा फलफूलको बिल क्युआर कोडमार्फत् भुक्तानी गर्न सकिनेछ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त भएका छन् । …

प्रतिकृया दिनुहॊस