काठमाडौं । काठमाडौं उपत्यकामा आज ९४७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ६९२, भक्तपुरमा ६५ र ललितपुरमा १९० संक्रमित थपिएका छन् ।
नेपालमा कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ भने मृत्यु हुने संख्या १ हजार ३६१ पुगेको छ ।
संक्रमित मध्ये २ लाख ४ हजार ८५८ जना उपचारपछि निको भएका छन्।
तपाईंको प्रतिकृया



