काठमाडौं उपत्यकामा थप १५९ संक्रमित फेला

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौं जिल्लामा  १३४,ललितपुरमा १७ र भक्तपुरमा  ८  जनामा देखिएका छन् ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २८ हजार ९ सय ३८ जना पुगेको छ भने  मृत्यु हुनेको संख्या १ सय २० जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १७ हजार ७ सय जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेविरुद्ध तीनवटा कसुरमा मुद्दा चलाउने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध तीनवटा गम्भीर कसुरमा मुद्दा चलाउने तयारी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अघि बढाउने प्रक्रिया थालिसकेको हो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सहकारी छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि प्रहरीले जिल्ला स्तरमा मुद्दा दर्ता गर्नेछ ।

प्रतिकृया दिनुहॊस