कोरोनाबाट नेशनल मेडिकल कलेजमा कार्यरत एक पुरुषको मृत्यु

पर्सा  । वीरगन्जमा कोरोना संक्रमणले थप १ जनाको मृत्यु भएको छ । नेशनल मेडिकल कलेजमा कार्यरत ४५ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो  ।

मुटु तथा मधुमेह रोगका बिरामी रहेका  युवकको आज  (बुधबार) विहान उपचार क्रममा मृत्यु भएको  बताइएको छ  ।

नेशनल मेडिकल कलेजमा सोमबार राति भर्ना भएका  उनको मंगलबार  कोरोना पोजेटिभ रिपोट आएको थियो र उनलाई मंगलबार राति नै अस्थाइ कोरोना अस्पताल विरगंज हेल्थ केयरमा भर्ना गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री