अमेरिकालाई उछिन्यो चीनले

काठमाडौं । विद्युतीय सवारी प्रयोगमा चीन पहिलो स्थानमा पुगेको छ । आठ वर्षअघिसम्म अमेरिका अग्रस्थानमा रहे पनि यस वर्षदेखि चीन अगाडि रहेको वल्र्ड इकोनोमिक फोरमले उल्लेख गरेको छ । विश्वमा वायु प्रदूषण उच्च बन्दै गएपछि विद्युतीय सवारी प्रयोग गर्ने प्रतिबद्धता जनाए पनि विकसित मुलुकले नै यसमा चासो देखाएका छैनन् ।

सन् २०११ मा अमेरिकामा चीनभन्दा दोब्बरले विद्युतीय सवारीसाधन गुड्ने गर्थे तर सन् २०१४ पछि चीनमा प्रयोगको दर विश्वमै बढी रहेको पाइएको छ । सन् २०१८ सम्ममा अमेरिकामा ३ लाख ६१ हजार ३ सय सात र चीनमा १२ लाख ५५ हजार विद्युतीय सवारी गड्दै आएका छन् ।

प्राथमिकताविहीन विद्युतीय सवारी

सन् २०३० मा युरोपलगायत देशले इन्धनका सवारी प्रयोगलाई विस्थापित गरी विद्युतीय सवारीसाधन प्रयोग गर्ने घोषणा गरेका छन् । नेपालले समेत वायु प्रदूषणको दर घटाउन विद्युतीय सवारीसाधनलाई बढावा दिने भने पनि प्राथमिकतामा राखेको छैन । सवारी प्रयोगको नीति, मापदण्ड र पूर्वाधार निर्माणमा राज्यले चासो नदिँदा प्राथमिकतामा पर्न नसकेको हो । राष्ट्रिय योजना आयोगले सरकारलाई तत्काल वातावरणमैत्री यातायात नीति ल्याएर विद्युतीय सवारीसाधनको प्रयोग बढाउन निर्देशन दिइसकेको छ ।

उपत्यकामा वायु प्रदूषणको दर ५ गुणा बढेपछि ०७३ माघ २५ गते राष्ट्रिय योजना आयोगले काठमाडौंको वायु प्रदूषण नियन्त्रण गर्न कार्यायोजनासहित निर्देशन दिइसकेको छ । विद्युतीय गाडी एकपटक चार्ज गरी ४ सय किलोमिटरसम्म गुड्न सक्ने उत्पादन भइसकेको छ । ब्याट्रीको आयु २५ वर्ष वारेन्टीको समेत उत्पादन गरेको छ । विद्युतीय गाडी ध्वनि प्रदूषण र कार्बन उत्सर्जन मुक्त भएकाले वातावरणमैत्री हुने वातावरणविद्को भनाइ छ ।

सेवाग्राहीले चाहे पनि राज्यले अनुकूल व्यवस्था नगर्दा सवारी प्रयोग गर्न नसकिएको यातायात व्यवसायीको आरोप छ । नीति निर्माण, प्रयोगकर्तामाथि विश्वास, प्राविधिक व्यवस्थापन, गाडीको क्षमता र विद्युतीय सवारीअनुसार सडक, खरिदमा राजस्व छुट , चार्जिङ स्टेसनलाई व्यापकता, भोल्टेजसहितको बिजुलीको व्यवस्था, मर्मत र ब्याट्री व्यवस्थापन र मर्मतमा दक्ष जनशक्ति उत्पादन गर्नु जरुरी भएको छ । नर्वेमा विद्युतीय गाडीलाई पार्किङ शुल्क लाग्दैन । आजको अन्नपूर्ण खबर छ

यातायात व्यवस्था विभागले गाडीको क्षमतामा प्रश्न उठ्ने गरेकाले जाँचपासमा समस्या भएको भन्दै दुःख दिने गर्छ । इन्धनका सवारीजस्तै निर्माण कम्पनीले सञ्चालन क्षमताको ग्यारेन्टी दिए आवश्यक पूर्वाधारअनुसार सञ्चालनमा अनुमति दिने भने पनि विद्युतीय सवारीका लागि कुनै प्रावधान ल्याएको छैन । इच्छाशक्ति भए विद्युतीय गाडीको मापदण्ड तुरुन्त बन्ने सवारीसाधन परीक्षण केन्द्र टेकुका प्रमुख रामचन्द्र पौडेलले बताए । सडकमा हजारभन्दा बढी विद्युतीय सवारी गड्दै आए पनि कानुनी झन्झटले कतिपयले दर्तासमेत गरेको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्मार्टच्वाईस टेक्नोलोजिज र स्मार्टकार्ड नेपाल बीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवाको लागि सम्झौता

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज् लिमिटेड (SCT) …

प्रतिकृया दिनुहॊस