काठमाडौं । दशैंको अवसर पारेर ज्योति विकास बैंकले ग्राहकहरूका लागि आकर्षक ‘रु. ५०० क्यासब्याक अफर’ ल्याएको छ। बैंकको मोबाइल बैंकिङ्ग एप ‘ज्योति स्मार्ट’ मार्फत जुनसुकै घरेलु एयरलाइन्सको हवाई टिकट खरिद गर्दा ग्राहकहरूले यो विशेष सुविधाको लाभ उठाउन सक्नेछन्।
यो अफर प्राप्त गर्नका लागि टिकट खरिद गर्दा “JBBL500” प्रोमो कोड प्रयोग गर्नुपर्नेछ। यो योजना पहिलो ४०० जना ग्राहकहरूका लागि मात्र उपलब्ध हुनेछ र प्रत्येक ग्राहकले पहिलो हवाई टिकट खरिदमा यो सुविधा पाउनेछन्। बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै ग्राहक सुविधालाई प्राथमिकतामा राखेर यस्ता योजनाहरू ल्याउने गरेको छ।
हालै, ज्योति विकास बैंकले सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय ISO 27001:2022 प्रमाणपत्र प्राप्त गरेको छ, जसले बैंकको सूचना सुरक्षा प्रणाली बलियो र जोखिम-व्यवस्थित रहेको पुष्टि गर्दछ।
बैंकले सामाजिक उत्तरदायित्वमा पनि अग्रस्थानमा रही काम गर्दै आएको छ। विशेषगरी, ‘न्यानो नानी’ कार्यक्रममार्फत हरेक वर्ष २२९४ भन्दा बढी नवजात शिशुहरूको जीवन रक्षा गर्न बैंक सफल भएको छ। गएको आर्थिक वर्षमा बैंकले रु. ४१ करोड कर तिरेको थियो।
ज्योति विकास बैंकले हाल देशभर १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।





