चीनमा फैलिएको ‘एचएमपीभी भाइरस’ भारतमा पनि देखियो

काठमाडौं । चीनमा फैलिएको ‘एचएमपीभी भाइरस’ भारतमा समेत पुगेको छ । यसको पहिलो संक्रमित बेंगलुरुमा फेला परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । आईसीएमआरले कर्नाटकमा नियमित परीक्षणको क्रममा एचएमपीभीका दुई घटनाहरू पत्ता लगाएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार दुवै घटनामा बालबालिकामा संक्रमण देखिएको छ । तीन महिनाकी बालिकामा संक्रमण देखिएको हो । बच्चाको अवस्था स्थिर रहेको र उनलाई निगरानीमा राखिएको समाचारमा उल्लेख छ । पछिल्ला केही दिनदेखि चीनमा एचएमपीभी संक्रमण तीव्र गतिमा फैलिरहेको खबर आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री