‘मुक्तिनाथ म्युचुअल फण्ड १’ नेप्सेमा सूचीकृत

काठमाडौं । ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को १० रूपैयाँ अंकित दरका १२ करोड ५० लाख इकाइ (१५ प्रतिशत बीउ पुँजीसहित) नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ ।

मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा मुक्तिनाथ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने यो योजना सोमबा नेप्सेमा सूचीकृत भएको हो ।

यो योजना विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष रहेको छ । एक कार्यक्रमका बीच नेप्सेको तर्फबाट सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की र मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट सीईओ कविन्द्रध्वज जोशीले सूचीकरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसके इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

काठमाडौं । एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आफ्नो प्राथमिक शेयर (आईपीओ) जारी गर्न सानिमा …

प्रतिकृया दिनुहॊस