नेपाली भूमि भारतीयले प्रयोग गरिरहेको विषयमा सरकार गम्भीर छ : गृहमन्त्री लेखक

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटामा नेपाली भूमि भारतीय नागरिकले भोगचलन गरिरहेको विषयमा सरकार गम्भीर रहेको र कूटनीतिक माध्यमबाट समाधान निकाल्ने गृहमन्त्री रमेश लेखकले बताएका छन् । उनले सरकार नेपाली भूमि र सीमाको रक्षा गर्न सरकार कटिबद्ध रहेको बताए ।

कञ्चनपुरको शुक्लाफाँटामा नेपाली भूमिमा भारतीय नागरिकले भोगचलन गरिरहेको विषयको कूटनीतिक माध्यमबाट समाधान निकाल्ने गृहमन्त्री रमेश लेखकले बताएका छन् । उनले सरकार नेपाली भूमि र सीमाको रक्षा गर्न सरकार कटिबद्ध रहेको पनि बताए । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा मन्त्री लेखकले राज्यका संयन्त्र र सुरक्षा निकायबाट पनि भारतीय नागरिकले नेपाली भूमिमा खेतीपाती गरिरहेको कुरा जानकारीमा रहेको बताए ।

‘कञ्चनपुर जिल्लामा नेपाली भूमि भारतीय नागरिकले भोग चलन गरिरहेको विषयतर्फ सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । म समितिलाई के जानकारी गराउन चाहन्छु भने हाम्रो भूमि, हाम्रो जमिन कञ्चनपुर जिल्लामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जमिन भारतीय नागरिकले भोग चलन गरिरहेको अवस्था छ । यसबारेमा सरकार जानकार छ । हामीसँग जानकारी प्राप्त भएको छ । सरकारका आफ्ना जिल्लामा रहेका प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय निकुञ्ज, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतबाट जानकारी प्राप्त भएको छ,’ गृहमन्त्री लेखकले भने, ‘यसका बारेमा सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । यस विषयमा हामीहरूले केही छलफल पनि गरेका छौँ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘नो केबलकार समूह’ द्वारा थप आन्दोलन कार्यक्रमको घोषणा

काठमाडौँ । ‘नो केबलकार समूह’ द्वारा पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध थप आन्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ । उनीहरुले नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै थप आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका हुन् ।

प्रतिकृया दिनुहॊस