Warning: include(): Failed opening '/home/newsdain/public_html/wp-content/plugins/wordpress-seo/vendor/composer/../../src/integrations/admin/indexing-tool-integration.php' for inclusion (include_path='.:') in /home/newsdain/public_html/wp-content/plugins/wordpress-seo/vendor/composer/ClassLoader.php on line 571

Warning: call_user_func_array() expects parameter 1 to be a valid callback, function 'redirect_canonical' not found or invalid function name in /home/newsdain/public_html/wp-includes/class-wp-hook.php on line 324

Warning: call_user_func_array() expects parameter 1 to be a valid callback, function 'wp_robots' not found or invalid function name in /home/newsdain/public_html/wp-includes/class-wp-hook.php on line 324
विश्व रेकर्डका प्रतिविम्ब डा. उपाध्याय | News Dainik

विश्व रेकर्डका प्रतिविम्ब डा. उपाध्याय

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

सिर्जनाको इतिहासलाई नियाल्ने हो भने विश्व सिर्जनाको क्षितिजमा कैयाैँ सर्जकहरू ताराझैँ उदाउँछन् र कैयौँ अस्ताउँछन् । कति तारा गन्तव्यमा पुग्नुपूर्व आकाश गङ्गामा विलीन भएझैँ विलीन हुन्छन् त कति क्षणिक चम्किन्छन् र जति चाँडो झुल्किएका छन् त्यति नै चाँडो बिलाउँछन् र केही कालपछि विस्मृत बन्छन् । यो क्रम कालचक्रवत् चलिरहेछ र चलिरहनेछ सृष्टि पर्यन्त ।

यो सरल जीवनक्रमलाई कतिले आत्मसाथ गर्छन् कतिले जानी नजानी अवज्ञा गर्न पुग्दछन् । नयाँ-नयाँ विषयको साधना गर्नु र त्यस साधनालाई सिर्जनामा परिणत गरी त्यसमा पारङ्गत हुनु सामान्य अवश्य होइन । नेपाली सिर्जना आकाशको क्षितिजलाई नियालेर जब हामी प्रतिभाहरू खोज्न थाल्दछाैँ । त्यहाँ हामी अवश्य पनि बहुप्रतिभाका धनी गीतकार, कृतिकार डा. डीआर उपाध्याय/खनाल नेपाली क्षितिजमा मात्र होइन विश्व सिर्जनाको क्षितिजमा एक प्रदीप्त ताराकारूपमा स्थापित भएको पाउँछौँ । आज उनको सिर्जनाको लहर विश्वको कुना–कुनासम्म गिनिज बुक्स अफ रेकर्ड, बुक अफ अमेरिका, अष्ट्रेलिया, युकेलगायत विश्वका विभिन्न वल्र्ड रेकर्ड प्रदान गर्ने दर्जनभन्दा बढी संस्थाहरूमार्फत् लहराइरहेका छन् ।

गिनिज बुक अफ वल्र्ड रेकर्ड, बुक अफ अमेरिकालगायत दर्जनाैँ संस्थामा नाम दर्ज हुनु यसैपनि असाधारण कर्म मानिन्छ । नेपाली आमाका सन्तान डीआर उपाध्याय/खनाल गीत र सङ्गीत क्षेत्रमा नयाँ सिर्जना गरेर १३२ विश्व कीर्तिमानी रेकर्ड कायम राख्न सफल भएका छन् । थप १९ विश्व कीर्तिमानका लागि उनी यतिवेला लागिरहेका छन् । यो सहित सम्भवतः केही महिनापछि उनको विश्व रेकर्डको सङ्ख्या १५१ हुनेछ । यसरी एउटै मानिसले यतिधेरै कीर्तिमानी रेकर्ड कायम गर्नसक्नु आफैमा विश्वमै महान् उपलब्धि हो ।

विश्वमा अधिक कीर्तिमान कायम गर्ने विशिष्ट स्रष्टाको टप टेनमा डा. उपाध्याय अङ्कित भएको जानकारी पाउँदा नेपाल आमाको कुन सन्तति पुलकित नहोला ? हामी सम्पूर्ण नेपालीका लागि आज विश्व रेकर्डका प्रतिविम्ब बनेका छन् भन्दा अतिरञ्जना नहोला । गीत, सङ्गीत र साहित्य सिर्जनामा यति विघ्न विश्व रेकर्ड कायम गर्ने क्षमताका धनी डा. उपाध्याय पहिलो नेपाली सर्जक हुन् । उनका ३६ बढी एल्बम, १५ उपन्यास र तीन गीति कविता पुस्तक प्रकाशन भएका छन् ।

समाजका विविध स्वरूपको पर्यवेक्षण गर्दै गतिशील सामाजिक मूल्यमा आस्था राख्ने कीर्तिमानी गीतकार हुन् डा.डी आर उपाध्याय । आफूभित्रको सृजनशील प्रतिभाको सफल प्रदर्शन गर्दै कला साहित्यको आराधनामा तल्लीन छन् । बहुआयामिक व्यक्तित्वका धनी उपाध्यायको प्रसिद्धि गीतकारका रूपमा अझ उच्च छ । कला र साहित्यलाई समाजको दर्पण ठान्ने उनका सिर्जनामा जीवन जगत्को यथार्थपरक प्रस्तुति पाइन्छ ।

मानिसका रुचि एकै किसिमका हुँदैनन् । सफलताका उचाइमा पुग्ने चाहना धेरैलाई हुने भएपनि त्यसको प्राप्ति सहज पक्कै हुँदैन । प्रकृतिले नै प्रत्येक मानिसमा जन्मजात फरक–फरक क्षमता र रहरको संयोजन गराइदिएको छ । रुचि र खुबीको मिलन भयो र त्यसको भरपुर उपयोग गरियो भने मात्र सफलताका सिँढीहरू उक्लिन सकिन्छ । सयौँ कालजयी गीतका स्रष्टा उपाध्याय पनि आफूभित्रको सिर्जनात्मक शक्ति र रुचि बुझेर यस क्षेत्रमा होमिए । जसको फलस्वरुप गीत संगीतको फाँटमा सशक्त स्रष्टाको रूपमा परिचित छन् ।

धेरैको जीवनबाट प्रेरणा र प्रभाव ग्रहण गरेपनि हरेक मानिस आफैमा विशिष्ट र मौलिक हुनुपर्छ भन्ने गीतकार उपाध्यायको मान्यता छ । त्यसैले त उनी आफ्नो छुट्टै पहिचान र अस्तित्वको खोजी गरिरहन्छन् । स्रष्टाको पगरी भिरेपछि निर्माण भइसकेको बाटोमा हिँडेर मात्र पुग्दैन नयाँ गोरेटो पनि पहिल्याउनुपर्छ भन्ने उनको धारणा हो । यही मान्यताका साथ कलाकर्ममा समर्पित उपाध्यायको गीतकारहरूका बिच पनि बेग्लै परिचय बनिसकेको छ ।

प्रतिभाका कुवेर उपाध्याय सिर्जनाको गोरेटोमा सधैँ उत्साहित बनेर कविता, गीत र उपन्यासहरू कोरलिरहेका छन् । कठोर साधना र दृढ अठोटको बलमा उनीभित्रको प्रतिभाले चियाउने अवसर पाएको छ । निःस्वार्थ भावले आफ्नो कर्ममा तल्लीन भएमा त्यसबाट विशेष आनन्दको अनुभूति हुने गर्दछ । अव्यक्त अभिप्राय र स्वार्थबाट प्रेरित सिर्जनाले पाठकको हृदय छाम्न सक्दैन । चिन्तन बिनाको साहित्यिक प्रयास रहर, स्वाङ् मात्र हो । त्यसैले त उपाध्याय निरन्तर गीत साहित्यमा डुबुल्की मारेर आफूभित्रको प्रतिभालाई रित्याउन चाहन्छन् ।

पर्सा जिल्लाको वीरगञ्जमा पिता शिवशंकरप्रसाद उपाध्याय र माता उमादेवी खनाल उपाध्यायको कान्छा सुपुत्रको रूपमा सन् १९६२ मा जन्मिएका उपाध्यायको वास्तविक नाम धर्मराज उपाध्याय हो । मातापिताको सान्निध्यतामै बाल्यकाल बिताएका उनीले गाउँकै त्रि–जुद्ध व्यावसायिक माविबाट एसएलसी तह उत्तीर्ण गरे । त्यसपछि उच्च शिक्षाका लागि काठमाडौं छिरे र पछि भारत पुगेर विद्यावारिधिसम्मको उपाधिसमेत हासिल गरे ।

सानै उमेरदेखि जिज्ञासु उनीमा हरेक विषयलाई सूक्ष्म ढंगले निरीक्षण गर्ने र त्यसका विभिन्न पक्षलाई मौलिक ढंगले चिन्तन गर्ने विलक्षण स्वभाव थियो । कला, साहित्यलाई विचार र संवेदना अभिव्यक्तिको सशक्त माध्यम पनि भनिन्छ । चिन्तनशील र भावुक स्वभावका उपाध्यायलाई पनि आफ्ना विचार र भावको भेल बगाउन यही माध्यम उपयुक्त लाग्यो । मनका छाल र हृदयका तरंगहरू शान्त पार्न सिर्जनाको गोरेटो रोजे । सिर्जनाको त्यो बिज आज विशाल वटवृक्षमा पल्लवीत भएको छ ।

लेखनको केन्द्रबिन्दु सामाजिक यथार्थतामा हुनुपर्छ भनी दाबी गर्ने डा.डीआर उपाध्यायका ‘कसूर, बज्रघात, त्यागी, भाग्यचक्र, अपवित्र छायाँ, स्वार्थी, बिटुली, अतिरिक्त, दगाबाज, अधुरो प्रेम, सपनाकी रानी, कफी लभ, मेरी प्रिया, भाइरस लभ, कसूर, मजधार’ लगायतका उपन्यास पाठकमाझ आएका छन् । यस्तै ‘प्रणय, नशालु नजर, जखम, प्रतिनाद, अन्तराप, सहेली, जोहो, माउण्टेन मेलोडी, परिष्कृत, कृति, प्रतिनाद, पृथक, अन्जान तिर्खा, सुधारस, स्वर्गघर, नजरको तीर, सभेन्थ कड्स, सौभाग्यको सिन्दुर, अनुभूतिको मझेरीमा, चाहनाको महल, कत्वर्य बोध, धरोहर र हृदयको झंकार, धर्ती र जीवन, प्रतिभा, सपनाको महल, धड्कन, अविच्छिन्न’ लगायत बजारमा आएका छन् । यस्तै सबैभन्दा सानो गीतको पुस्तक २ः२ इन्चको गीतिसङ्ग्रह ‘अनुभूतिको मझेरी’, नोट साइजको गीति पुस्तक ‘चोट’ र व्यञ्जन वर्णका ३४ अक्षरबाट तयार गरिएको गीति कविता ‘प्रेयसी’, सबैभन्दा ठूलो किताव २४÷३६ इन्चको गीति पुस्तक ‘अलौकिक’ पनि पाठकमाझ आइसकेको छ ।

‘हिरो २०१९’ बाट समेत सम्मानित गीतकार डा.डीआर उपाध्यायलाई गीतकार सङ्घ नेपालको नवौं वार्षिकोत्सव कार्यक्रममा ‘वर्ष गीत पुरस्कार’ बाट पुरस्कृत गरिएको थियो । ‘म समाजका लागि गीत उपन्यास लेख्छु, आत्मसन्तुष्टिका लागि गीत लेख्छु’ भन्ने उपाध्याय स्रोता र दर्शकले रुचाइदिँदा थप हौसला र अपार आनन्द हुने बताउँछन् । मिलनसार स्वभावका डा.डीआर उपाध्याय आफूभन्दा अग्रज स्रष्टाहरूको सम्मान गर्छन् भने अरु सबैलाई प्रेरणा र स्नेह प्रदान गर्छन् । जीवनको सक्रिय क्षणसम्म साहित्यमै समर्पित हुने उपाध्यायको अठोटलाई श्रीमती सुनिता खनालले पनि मलजल गरिरहेकी छन् । त्यस्तै छोरा अङ्कित बुहारी श्लेषा र छोरी ईशाको सहयोगले पनि उनको यात्रा थप उत्साहित बनेको छ । डीआर म्युजिक एन्ड क्रियशनमार्फत् आफ्ना गीतहरू स्रोता/दर्शकमाझ ल्याउँछन् ।

लेखक तथा साहित्यकारहरू समाजका गहना मात्र नभई पथप्रदर्शक समेत हुन् । सिर्जनाले सर्जकलाई मृत्युउप्रान्त पनि जीवित बनाएको हुन्छ । लेखनमा नवीन विषयहरूको खोजी गर्ने उपाध्याय स्रष्टाले आफ्नै भाषा–शैलीको निर्माण गर्नुपर्छ भन्ने कुरामा जोड दिन्छन् । सरल भाषाशैली, अलंकार, बिम्ब, प्रतीकको सन्तुलित प्रयोगले सुन्दर उनका रचनामा विचारको पनि परिपाक भेटिन्छ । ती विचारहरू न रुढीग्रस्त परम्परागत चिन्तनले गाँजेका छन् न त आधुनिकतामा चुकेका छन् । बरु बदलिँदो समयको चेतनालाई डो-याउँदै समुन्नत समाज निर्माणको परिकल्पना पाइन्छ । संख्यात्मक रूपमा त उनका रचनाहरू उल्लेखनीय नै छन् साथै गुणात्मक दृष्टिले पनि उत्तिकै अब्बल ठहरिएका छन् ।

सानैदेखि आम मानिसका पीर व्यथा र आँसुमा आफूपनि अंशीयार हुन खोज्ने उपाध्यायलाई मान्छेले भोगका वेदना, रङ्गीन सपना र कठोर सङ्घर्षहरूलाई सिर्जनामा उतार्न रुचिकर लाग्छ । त्यसैले उनका रचनामा सामाजिक तस्वीरलाई सजीवरूपमा समेटिएको पाइन्छ । लेखनलाई नै आफ्नो जीवनको अभिन्न पक्ष ठान्ने साहित्यकार डा.डीआर उपाध्यायका समसामयिक रचनाहरू राष्ट्रियस्तरका दैनिक पत्रिकाहरूमा नियमितजसो प्रकाशित भइरहेका छन् । आफ्ना सिर्जनामार्फत् विभिन्न विश्व कीर्तिमान र बेहिसाब सम्मान तथा पुरस्कारले विभूषित उपाध्यायका पाइलाहरू निरन्तर अगाडि बढुन् ।

  • नवीन सन्देशबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सेवाको पहुँचलाई अझै विस्तार गर्ने ‘जिएमई रेमिट’को रणनीतिक योजना

आर्थिक वर्ष २०८०/0८१ को तीन महिनाको तथ्याङ्क हेर्ने हो भने यो अहिले सम्मकै उच्च अवस्थामा पुगेको तथ्याङ्क हामीले विभिन्न समाचार माध्यमहरूमा प्रकाशन भएको देखेकै छौ । जसमा विप्रेषण आप्रवाह ३० प्रतिशतले वृद्धि भई रु.३६५ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो ।

प्रतिकृया दिनुहॊस