रावणको पुत्ला जलाउँने क्रममा रेल जोतिँदा ६२ को मृत्यु

काठमाडौं । भारतको उत्तरी राज्य पञ्जाबस्थित अमृतसर सहरमा एउटा रेल मानिसहरूको भिडमा पुगेपछि कम्तीमा ६२ जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ।
विजयादशमीको दिन रावणको पुत्ला जलाउन जम्मा भएको भीडमाथि रेलको लिग नजिकै मानिसहरू भेला भएको ठाउँ ठूलो दुर्घटना भएको हो ।
प्रत्यक्षदर्शीहरूले पुत्ला जलाइन लागेको भीडको आवाजले रेल आफूतिर आउँदै गरेको नसुनेको बताएका छन् ।
शुक्रबार राति भएको सो दुःखद घटनामा परी हालसम्म कम्तीमा पनि ६२ जनाको मृत्यु भएको र १५० भन्दा बढी घाइते भएको बिबिसी हिन्दीले लेखेको छ । उक्त घटनामा ज्यान गुमाउनेहरूको संख्या बढ्न सक्ने आशंका गरिएको छ।
अचानक आएका दुर्इ रेल मेला भरिरहेकाहरूको भीडमाथि कुदेपछि भागाभागकै क्रममा झन ठूलो क्षति भएको पञ्जाब प्रहरीले जनाएको छ ।
पुत्ला जलाउँदा दन्किएको आगोको रापले गर्दा भीड पछि हट्ने क्रममा रेलको लिकमै मानिसहरु जम्मा भएका थिए । एक तर्फबाट रेल आएपछि भागेर अर्को रेलवेमा पुग्दा उक्त बाटोमा पनि रेल नै आएपछि भीड कच्यककुचुक भएको जनाइएको छ ।
यसरी दुई रेलले स्थानीयको भीडलार्इ किच्न पुगेकाले क्षति अकल्पनीय भएको हो । घटनापछि सो क्षेत्रमा सरकारको व्यापक विरोध भइरहेको छ ।
घटनालगत्तै भारतका राष्ट्रपति र प्रधानमन्त्रीले दुःख व्यक्त गरेका छन् । एजेन्सी

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

आइएमई पे एपको नयाँ सुविधा- IELTS टेस्टको शुल्क अब सजिलै एपबाट तिर्न मिल्ने

काठमाडौँ । आइएमई पे ले IELTS टेस्टको शुल्क भुक्तानी आइएमई पे मार्फत गर्न सकिने सुविधा …

प्रतिकृया दिनुहॊस