एपीएलमा सन्दीपको टिम लेपर्ड्स सेमिफाइनलमा पराजित

काठमाडौं । अफगानिस्तान प्रिमियर लिग (एपीएल) अन्तर्गत पहिलो सेमिफाइनलमा नेपालका युवा स्पिनर सन्दीप लामिछानेको टोली नङराहार लेपर्ड्स बल्ख लेजेन्ड्ससँग पराजित भएको छ ।
शुक्रबार राति भएको पहिलो सेमिफाइनलमा लिओपार्डस बल्ख लिजेन्ड्ससँग १७१ रनले पराजित भएको हो ।
लिजेन्ड्सविरुद्धको सेमिफाइनल खेलमा सन्दीप टोलीमा परेका थिएनन् ।
युएईको शारजाहमा लिजेन्ड्सले दिएको २३६ रनको लक्ष्यसहित मैदान उत्रिएको लिओपार्डस १३ ओभर १ बलमा अलआउट हुँदै ६४ रनमा समेटियो । लिओपार्डसका फजल नियाजाई र आन्द्रे फ्लेट्चरले समान १३/१३ रन जोडे । लिजेन्ड्सका मोहमद नाबीले ४ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लिजेन्ड्सले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर २३५ रन जोडेको थियो । लिजेन्ड्सका लागि डरविस रासूलीले ७८, क्रिस गेलले ५४ तथा कप्तान मोहमद नाबीले ४७ रनको योगदान दिए । लिओपार्डसका बेन कुटिङले २ विकेट लिए ।
आज हुने दोस्रो सेमिफाइनलमा काबुल र पक्टियाबीचको विजेतासँग लिजेन्ड्सले उपाधिका लागि खेल्ने छ । फाइनल खेल आइतबार हुनेछ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

ब्राजिलसँग उरुग्वेको रोमाञ्चक बराबरी, अर्जेन्टिना विजयी

काठमाडौं । फिफा विश्व कप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल उरुग्वेसँग बराबरीमा रोकिएको छ …

प्रतिकृया दिनुहॊस