दूतावासभित्रै पत्रकार खशोग्गीको मृत्यु भएको साउदीद्वारा पुष्टि

काठमाडौं । साउदी अरेबियाले पत्रकार जमाल खशोग्गीको अक्टोबर २ मा इस्तानबुलस्थित आफ्नो वाणिज्य दूतावासभित्रै मृत्यु भएको पुष्टि गरेको छ।
सरकारी टेलिभिजनले खशोग्गीको टर्कीको इस्तानबुलमा रहेको वाणिज्य दूतावासमा एक संघर्षपछि ज्यान गएको पुष्टि गरेको हो ।
खशोग्गीको मृत्यु भएको पुष्टि भएसँगै एकजना उच्च गुप्तचर अधिकारी अहमद अल–असिरी र राजपरिवारका एकजना वरिष्ठ सल्लाहकार साउद अल–कतानीलाई बर्खास्त गरिएको बीबीसीले जनाएको छ ।
पत्रकार खशोग्गीको हत्या आरोपमा साउदी अरेबियाका १८ जनालाई पक्राउ गरिएको छ । पत्रकार खशोग्गीको हत्या भएको तथ्य झूटो भएको भन्दै आएको साउदी सरकारले पहिलो पटक खशोग्गीको दूतावासमै हत्या भएको स्वीकारेको हो । एजेन्सी

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

NPL को एक्सक्लुसिभ टिकटिङ पार्टनर ‘खल्ती’ले अनलाइन टिकट गर्‍यो खुल्ला

काठमाडाैं । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले क्रिकेट एसोसिएसन नेपाल (क्यान) सँग सहकार्य गर्दै पहिलो नेपाल …

प्रतिकृया दिनुहॊस