नेपालमा पछिल्लाे २४ घण्टामा ८ जनामा कोरोना सङ्क्रमण

नेपालमा पछिल्लाे २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण ८ जनामा देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार पछिल्लो २४ घण्टामा १ हजार ९६९ मा कोरोना परीक्षण गर्दा ८ जनामा मात्र सङ्क्रमण देखिएको छ। मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ११४ रहेको छ।

विगत २४ घण्टामा १५ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन्।

आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित हुने ३० जिल्ला पुगेका छन् । आज १ लाख ४ हजार ५३४ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस