सर्लाहीको ईश्वरपुरमा कांग्रेस विजयी

सर्लाहीको ईश्वरपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। मतगणनाको सम्पन्न मतपरिणामअनुसार ईश्वरपुर नगरपालिकाको मेयर पदमा कांग्रेसका मनोजकुमार आचार्य विजयी भएका हुन् ।

आचार्यले कुल ८ हजार ४८० मत प्राप्त गर्दा, निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार एवं निवर्तमान मेयर मनोजकुमार देवकोटाले ५ हजार ९६० मत मात्र प्राप्त गरे।

उपमेयरमा पनि कांग्रेसकी रंजितादेवी चौधरी विजयी भएकी छन् । चौधरी एमाले उम्मेदवार एकावती देवी चौधरीलाई १ हजार ९१५ मत अन्तरले पछि पार्दै विजयी भएकी हुन्। कांग्रेसकी चौधरीले ८२६८ मत प्राप्त गर्दा एमालेकी एकावती देवीले ६ हजार ३५३ मत मात्र प्राप्त गरिन्।

१५ वटा वडा रहेको नगरपालिकामा ६ वटामा एमाले, ६ वटामै कांग्रेस, एकमा जनता समाजवादी पार्टी, एकमा लोकतान्त्रिक समाजवादी पार्टी र एक स्थानमा माओवादी केन्द्र विजयी भएको छ। यो सँगै कांग्रेसले सर्लाहीको ११ पालिकामा विजय हासिल गरेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

उपनिर्वाचन : भोलि इलाम र बझाङमा यातायात बन्द

काठमाडौं । शनिबार इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सवारीसाधनको व्यवस्थापनका लागि निर्वाचन आयोगले विभिन्न …

प्रतिकृया दिनुहॊस