सुर्खेतको पञ्चपुरी ३ मा एमाले-कांग्रेस मत बराबर

काठमाडाैँ । सुर्खेतको पञ्चपुरी नगरपालिकाको वडा नम्बर ३ मा वडाध्यक्षमा नेकपा एमाले र नेपाली कांग्रेसको मत बराबर आएको छ । वडाध्यक्षका लागि एमालेका उम्मेदवार चन्द्रबीर रोकाय र कांग्रेसका उम्मेदवार बलबहादुर राकायको समान ६७३ आएको हो ।

दुवै उम्मेदवारबो मत समान आएपछि निर्वाचन आयोगले गोलाप्रथाद्वारा निर्णय लिने गर्दछ । कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को नेता इन्द्र लम्सालले नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले ८४, एसका ५१ र राप्रकाले १९ मत पाएको जानकारी दिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस