मानेभन्ज्याङ अध्यक्षमा स्वतन्त्र उम्मेदवार रुम्दाली विजयी

काठमाडाैँ । ओखलढुंगाकाे मानेभन्ज्याङ गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली र उपाध्यक्षमा नेपाली कांग्रेसका आश्राचन राई निर्वाचित भएका छन् ।

रुम्दालीले ५ हजार २१ र राईले ४ हजार ७ सय ५० मत प्राप्त गरे । रुम्दालीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रुपलाल तामाङले ३ हजार ८ सय १५ मत ल्याए । अध्यक्षमा निर्वाचित स्वतन्त्र उम्मेदवार रुम्दालीलाई कांग्रेसको समर्थन थियो ।

उपाध्यक्षमा निर्वाचित राईले ४ हजार ७५० मत पाएका छन् । सो पदमा एमालेको समर्थनमा जसपाका दीपेन्द्र रुम्दालीले २ हजार ७ सय ७७ मत पाए ।
अध्यक्षमा निर्वाचित रुम्दाली कांग्रेसका तरुण दलका पूर्वजिल्ला अध्यक्ष समेत हुन् ।

२०७४ को प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवारी दिएवापत रुम्दाली पार्टीबाट कारबाहीमा परेका थिए । कारबाही फुकुवा नभएका कारण उनलाई रुख चिन्हबाट चुनाव लड्न समस्या भएको थियो । उनले धारा चिन्हबाट चुनाव जितेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सर्वोच्च अदालतले खारेज गर्‍यो दुर्गा प्रसाईंको रिट

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ । दुर्गा प्रसाईंले गैरकानुनी …

प्रतिकृया दिनुहॊस