पत्रकार तिमल्सिना काभ्रेकाे बेथानचोकबाट वडाध्यक्षमा विजयी

काभ्रेकाे बेथानचोक गाउँपालिकामा कांग्रेसले विजय सुरुवात गरेको छ।

बेथानचोक गाउँपालिका वडा नं १ को वडाध्यक्षमा मधुसुदन तिमल्सिना विजयी भएका हुन्। वडा नं १ मा कांग्रेसको प्यानल नै विजयी भएको हो।

उनले एमालेका निकटतम प्रतिद्वन्द्वी डण्डप्रसाद तिमल्सिनालाई ९ मतले पराजित गर्दै विजयी भएका हुन्। विजयी मधुसुदन तिमल्सिनाले ५०७ मत प्राप्त गर्दा डण्डप्रसाद तिमल्सिनाले ४९८ मत ल्याए।

विजयी मधुसुदन तिमल्सिना लामो समयदेखि पत्रकारिता पेशामा संलग्न थिए । पछिल्लाे समय उनी जिल्लाकाे मध्यमार्ग साप्ताहिक र गाेरखापत्र दैनिकमा जिल्ला संवाददाताकाे रूपमा कार्यरत थिए ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

अब छिट्टै हाम्रो साग पसल देख्न पाउनुहुनेछ : मिलन लिम्बु

काठमाडौं । इलाम-२ को उपनिर्वाचनमा पराजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुले अब साग …

प्रतिकृया दिनुहॊस