सोलुखुम्बुमा कांग्रेस-माओवादीबीच झडप : एकको मृत्यु, केही घाइते

काठमाडाैँ । सोलुखुम्बुको सोताङ गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप हुँदा एक जनाको ज्यान गएको छ ।

झडपमा परी स्थानीय ३५ वर्षीय सुदीप राईको मृत्यु भएको हो । उनी कांग्रेस कार्यकर्ता रहेको बताइएको छ । ढुङ्गा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी अनिल अधिकारीले जानकारी दिए ।

मतदातालाई घर लैजाने विषयमा विवाद झडप भएको थियो । अरू केही व्यक्ति घाइते भएको प्रजिअ खनालले बताए । घाइतेहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कुपण्डोलमा अनियन्त्रित कार बिजुलीको पोलमा ठोक्कियो

काठमाडौं । ललितपुरको कुपण्डोलमा कार दुर्घटना भएको छ । शनिबार बिहान साढे ५ बजेतिर बागमती …

प्रतिकृया दिनुहॊस