प्रहरी नियन्त्रणबाट मुक्त भए धर्मेन्द्र बास्तोला

दाङ । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई दाङको भालुबाङ प्रहरीले ६ घण्टापछि छाेडेको छ । इलाका प्रहरी कार्यालय भालुबाङले

पोखराबाट नेपालगञ्ज जाँदै गरेका बास्तोलालाई आज बिहान ४ बजे भालुबाङ प्रहरीले नियन्त्रणमा लिएको थियो । बास्तोलालाई बुटवलमा भएको बम विस्फोटको घटनामा नेकपा बहुमत पार्टीको संलग्नताको आशंकामा सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । बास्तोला सहित उनका सहयोगीहरू राजेन्द्र साउद र अचल मोक्तानलाई ६ घण्टा निगरानीमा राखेर बुटवलमा भएको बम विस्फोटमा संलग्नता नदेखिएपछि रिहा गरिएको हाे ।

बास्तोला पक्राउ परेलगत्तै नेकपा बहुमतका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश वलीले विज्ञप्ति जारी गर्दै चुनाव बहिस्कार गर्ने नीति नभएको वताएका थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस