कांग्रेसले ६५ वर्षमै वृद्धभत्ता दिने प्रतिबद्धता गरेको छ : प्रवक्ता डा.महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले ६५ वर्षमै वृद्धभत्ता दिने प्रतिबद्धता कांग्रेसले गरेको बताएका छन् । साेमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. महतले कांग्रेसले ६५ वर्षमै वृद्धभत्ता दिने प्रतिबद्धता जनाएको बताए ।

‘वृद्धभत्ता ७० वर्षमाथिकाले पाउने व्यवस्था छ। अहिले हामीले प्रतिबद्धता गरेका छौं, ६५ वर्षमै वृद्धभत्ता सुनिश्चित गर्ने । किनभने अहिले ७१ वर्ष सरदर आयु पुग्या छ । त्यो पनि ठूलो उपलब्धी हो । कांग्रेस सरकारमा जाँदा नेपालीको सरदर आयू ५४ वर्ष थियो । त्यसलाई हामीले नै बढाएका हौं,’ डा. महतले भने ।

सुत्केरी महिलाहरूलाई पाँच हजार भत्ता दिने निर्णय पनि कांग्रेस सरकारले नै गरेको उनको भनाइ छ। साना किसानहरूलाई १० हजार क्रेडिट कार्डसहित दुई प्रतिशत व्याजदरमै ऋण उपलब्ध गराउने प्रतिबद्धता कांग्रेसले गरेको छ। यसले गर्दा सिमान्तकृत साना किसानहरूलाई धेरै ठूलो राहत मिल्ने उनको भनाइ छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

देशैभर मनसुनी वायु सक्रिय, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू–भागमा आज वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिकृया दिनुहॊस