देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला

देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन्। बैतडीको दशरथचन्द नगरपालिका–१ कलौन बस्ने ४० वर्षीय अंकित प्रशाद भट्ट मृत अवस्थामा फेला परेका छन्। सुनर्या गाउँपालिका–२ सिन्केलेक भन्ने स्थानमा आइतबार उनी मृत अवस्थामा फेला परेका हुन्।

विगत ३ दिनदेखि बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो।गोरखाको भिमसेन थापा गाउँपालिका–१ कनकामना सामुदायिक वनमा सोही गाउँपालिका–४ बस्ने ७८ वर्षीया फुलमती सार्की आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ गोबरियास्थित नालामा सोही नगरपालिका–१८ निम्बुखेडा बस्ने ५५ वर्षीय जगदिश महरा आइतबार मृत अवस्थामा फेला परेका छन्।

ललितपुरको महाकाल गाउँपालिका–२ मानिखेल बस्ने ४५ वर्षीय दिपक भोम्जन सोही ठाउँस्थित मानिखेल आधारभूत बिद्यालयको भवन पछाडि आइतबार मृत अवस्थामा फेला परेका छन्।

नवलपरासी (पूर्व)को मध्यबिन्दु नगरपालिका–१५ रानिचौरस्थित नारायणी नदीको किनारामा कावासोती नगरपालिका–६ बस्ने २५ वर्षीय प्रकाश भुषाल आइतबार मृत अवस्थामा फेला परेका छन् ।

कावासोती नगरपालिका–१३ पिठौलीघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनको शव फेला परेको हो। घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सुनसरीको कोशी गाउँपालिका–८ सप्तकोशी नदीको किनारामा हाल पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस