मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । वागमतीसहित केही प्रदेशमा आज पनि मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज बिहानैदेखि वागमतीसहित मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका अन्य पहाडी भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश-१, वागमती प्रदेश र गण्डकी प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा मौसम सफा रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा स्थानीय वायु र भारतको बिहार-पश्चिम बङ्गालमा बनेको न्यूनचापीय प्रणालीको संयुक्त प्रभाव रहेको विभागले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस