देउवा र प्रचण्ड धनगढीमा, आज गठबन्धनको चुनावी सभा

काठमाडौँ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगेका छन् । आज धनगढीमा हुने गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न उनीहरु दुवैजना नेपाली सेनाको हेलिकोप्टर चढेर धनगढी पुगेका हुन् ।

दाङमा भएको गठबन्धनको सभामा सहभागी भएर देउवा र प्रचण्ड आइतबार सँगै धनगढी पुगेका छन् । प्रधानमन्त्री देउवा धनगढीस्थित आफ्नै निवासमा बसेका छन् भने माओवादी अध्यक्ष प्रचण्ड धनगढीको रुबस होटेलमा बसेका छन् ।

प्रधानमन्त्री देउवा धनगढीमा गठबन्धनको सभालाई सम्बोधन गरेपछि आजै गृहजिल्ला डडेल्धुरा जानेछन् । उन ले त्यहाँ कांग्रेसले मंगलबार गर्ने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

माओवादी अध्यक्ष प्रचण्डले भने बिहानै कैलालीको कैलारी गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्नेछन् । दिउँसो धनगढीको सभा सकेर उनी सोमबार नै कालिकोट, कञ्चनपुर र डोटीमा हुने आमसभालाई सम्बोधन गर्न जानेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस