राष्ट्रपति भण्डारीसँग चिनियाँ विदेशमन्त्री वाङको शिष्टाचार भेटवार्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको भ्रमणमा रहेका चीनको राज्यपरिषद्का सदस्य एवम् विदेशमन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गरेका छन् । आइतबार बिहान राष्टपति कार्यालय शीतलनिवासमा पुगेर विदेशमन्त्री वाङले भेटवार्ता गरेका हुन् ।

शुक्रबार नेपाल आएका विदेशमन्त्री वाङले शनिबार परराष्ट्रमन्त्री स्तरीय द्विपक्षीय भेटवार्तामा सहभागी भएका थिए भने शनिबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

उनले आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गर्ने कार्यक्रम रहेको छ । आफ्नो तीन दिने भ्रमण पुरा गरेर विदेशमन्त्री वाङ आजै स्वदेश फर्किने छन् ।

 

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेकपा एसको अध्यक्षमा घनश्यामको दाबी, झलनाथको समर्थन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिने भएका छन् । सम्मानित नेता …

प्रतिकृया दिनुहॊस