बानेश्वर क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा बिहानैदेखि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रतिनिधिसभाको आज बस्ने बैठकमा एमसीसीमाथि छलफल गर्ने कार्यसूची रहेकाले बानेश्वर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको हो ।

एमसीसीको विरोधमा हुने सभावित प्रदर्शनलाई मध्यनजर गर्दै बानेश्वर वरपर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए । उनकाअनुसार बानेश्वर आसपासका क्षेत्रमा सादा पोसाकका प्रहरीलाई समेत बिहानैदेखि खटाइएको छ ।

बिभिन्न दलले विरोधको कार्यक्रमहरु राखेका छन् । बिहीबारसमेत बानेश्वर, बिजुलीबजार, बबरमहल लगायतका क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य