युक्रेनमाथि रुसले गर्‍यो मिसाइल आक्रमण

एजेन्सी । युक्रेनमाथि रुसले मिसाइल आक्रमण थालेको छ । बीबीसीका अनुसार युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मिसाइल आक्रमण भएको पुष्टि गरेका हुन् ।

उनले रुसले युक्रेनको विभिन्न पूर्वाधार तथा सीमा सुरक्षाकर्मीमाथि मिसाइल आक्रमण गरेको पुष्टि गरेका हुन् । उनले राष्ट्रिय सुरक्षा परिषद्लाई सैन्य कानुन घोषणा गर्न आग्रह गरेका छन् । यस विषयमा निणर्य गर्न युक्रेनको सुरक्षा परिषद्को बैठक बस्दै छ ।

यसअघि विदेशमन्त्री दिमित्रो कुलेबाले रुसले पूर्ण क्षमतासहितको आक्रमण शुरु गरेको बताएका थिए । सामाजिक सञ्जाल ट्वीटरमार्फत रुसले पूर्ण क्षमतासहितको आक्रमण शुरु गरेको बताएका हुन् ।

उनले भनेका छन्, ‘शान्तिपूर्ण युक्रेनका सहरमा अहिले आक्रमण भएको छ । यो आक्रामक युद्ध हो । युक्रेन आफैंले यसको सामना गर्नेछ र जित्नेछ पनि ।’ ‘विश्व समुदायले पुटिनलाई रोक्नु पर्छ र त्यसको लागि अहिले नै आवश्यक कदम चाल्नु पर्छ’, उनले भनेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल डिजिटल पेमेन्ट्सको अध्यक्षमा डंगोल नियुक्त

काठमाडौँ । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको अध्यक्षमा रीना डंगोल नियुक्त भएकी छन् । गत …

प्रतिकृया दिनुहॊस

This will auto close after