भारतमा कोरोनाबाट एकैदिन १२४१ जनाको मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको तेस्रो लहरमा दैनिक संक्रमितको संख्या घटेको देखिएपनि मृत्यु हुनेको संख्या भने बढेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६७ हजार ८४ जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ भने १२४१ जनाको मृत्यु भएको छ ।

भारतमा दैनिक संक्रमित दर परिक्षण गरिएको संख्याको ४.४४ प्रतिशत रहेको छ । त्यस्तै भारतमा एकैदिन एक लाख ६७ हजार ८८२ जना कोरोना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ ।

योसँगै भारतमा सक्रिय कोरोना संक्रमितको घटिरहेको छ । हाल भारतमा कुल सक्रिय संक्रमितको संख्या ७ लाख ९० हजार ७८९ रहेको छ । हालसम्म कोरोना संक्रमणबाट कूल ५ लाख ६ हजार ५२० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

NPL को एक्सक्लुसिभ टिकटिङ पार्टनर ‘खल्ती’ले अनलाइन टिकट गर्‍यो खुल्ला

काठमाडाैं । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले क्रिकेट एसोसिएसन नेपाल (क्यान) सँग सहकार्य गर्दै पहिलो नेपाल …

प्रतिकृया दिनुहॊस