राणा परिवारद्वारा मीनकुमारी ट्रस्ट स्थापना

काठमाडाैँ । भक्तपुर बालकोट निवासी मीनकुमारी राणाको स्मृतिमा उनको परिवारले एक ट्रस्ट निर्माण गरेको छ । पति कोमलबिक्रम राणा संरक्षक तथा छोराहरू कबिर राणा र रवि राणाका साथै नाति विक्रान्त विक्रम राणाका सञ्चालक रहने गरी ट्रस्ट स्थापना गर्ने निर्णय गरिएको छ ।

मीनकुमारीको निधन भएको १३ औँ दिनको पुण्य तिथिका अवसरमा राणा परिवारले ट्रस्ट निर्माण गरेको जनाउँदै ट्रस्टले पत्रकारिता, खेलकुद र समाजसेवामा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई बर्सेनि पुरस्कृत गर्ने र भक्तपुरका विपन्न तथा अशक्त र जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्तिसमेत प्रदान गर्ने निर्णय गरिएको छ ।

ट्रस्टले त्यसका लागि ३१ लाख ११ हजार १ सय ११ रुपैयाँका अक्षय कोषको स्थापना गरेको जनाएको छ । उक्त अक्षय कोषमा रहेको रकमको ब्याजबाट आउने रकम पुरस्कार तथा समाजसेवामा खर्च गरिने मीनकुमारीका छोरा एवं देशान्तर मिडिया ग्रुप प्रा.लिका कार्यकारी अध्यक्ष तथा प्रधान सम्पादक कबिर राणाले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य