भारतमा थपिए २ लाख ५१ हजार संक्रमित, ६२७ जनाको मृत्यु

एजेन्सी । छिमेकी मुलुक भारतमा कोरोनाको तेस्रो लहरमा दैनिक संक्रमितको संख्या बढिरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २ लाख ५१ हजार २०९ जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ भने ६२७ जनाको मृत्यु भएको छ ।

भारतमा दैनिक संक्रमित दर परिक्षण गरिएको संख्याको १५.८८ प्रतिशत रहेको छ । त्यस्तै भारतमा एकैदिन ३ लाख ४७ हजार ४४३ जना कोरोना संक्रमणबाट निको भएका छन् । योसँगै भारतमा सक्रिय कोरोना संक्रमितको कुल संख्या २१ लाख रहेको छ ।

हालसम्म कोरोना संक्रमणबाट कूल ४ लाख ९२ हजार ३२७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री